सत्यवतीमा चिच्याएर वर माग्ने अनौठो मेला’ सुरु

0
569

जनकराज भट्टराई
मंसिर २,२०७८ पाल्पाः पाल्पामा चिच्याएर बर माग्ने धार्मिक मेला शुरु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–४, स्थित सत्यवती मन्दिरमा प्रत्येक कात्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्दछ । सत्यवतीताल संरक्षण तथा मन्दिर विकास समितीले प्रतेक बर्ष मेलाको आयोजना गर्दै आएको छ। बुधबारदेखि सुरु भएको मेला तीन दिनमा संचालन हुने समितिले जानकारी दिएको हो।

रातको समय चिच्याएर बर माग्दा पूरा हुने विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा बर माग्नेको चहलपहल बढेको छ ।
यो मेलाको धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा महत्वपूर्ण रहेकोले छिमेकी जिल्ला लगायत भारतीय क्षेत्रबाट समेत धार्मिक पर्यटकको ओइरो लागेको गरेको छ । रातको समय सत्यवती तालमा लिंगो गाडेर बिहान सोहि लिंगो चिनेर पूजा गर्ने चलन छ । सत्यवती बज्यैले कानले नसुन्ने भएपछि चिच्याएर बर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले बताए ।

पहाडको टुप्पोमा मन्दिर र तालसमेत रहेको छ । प्रत्येक वर्ष कात्तिक शुल्क त्रयोदशीदेखि पूर्णिमासम्म सत्यवती तालमा धार्मिक मेला लाग्ने गर्दछ । मेला अवलोकन गर्नका लागि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलबस्तु र भारतबाट समेत यहाँ दर्शन गर्न आउने श्रद्धालुहरुको संख्या वर्षेनी बढ्दो छ । सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्चाएर बर माग्ने चलन छ । मन्दिर सम्म पुग्न सिद्दार्थ राजमार्ग को तानसेन बुटवल बाट करिव २ घण्टा पैदल हिंड्नुपर्छ ।

तिनाउ गाउँपालिका प्रमुख ओमबहादुर घर्तीले यो रमणीय प्रकृति ताललाई पर्यटकीय स्थलको रूपमा बिकास गर्न लागिएको बताउनुभयो ।

SHARE