
अनुज पछाई
मंसिर १,२०७८ प्यूठान : प्यूठान नगरपालिकाले कोभिड १९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्ने भएको छ ।


प्यूठान नगरपालिका क्षेत्रमा बसोबास गरिरहेका कोभिड १९ को प्रभावबाट रोजगारी आयआर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब घरपरिवारलाई राहत स्वरुप प्रति परिवारलाई रु दस हजारका दरले रकम उपलब्ध गराइने भएको छ ।
गाउँपालिकाको सूचना अनुसार २०७८ मसिंर ९ गते भित्रमा सम्बन्धित वडा कार्यालयबाटै उपलब्ध गराइने ढाँचामा निवेदन दिनुहुन जानकारी गराइएको छ ।

कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जनको अबसर गुमाएका अतिबिपन्न गरिब ५ लाख परिवारलाई चालु आर्थिब बर्ष २०७८ ७९ मा राहात स्वरुप एक पटकको लागी प्रतिपरिवार रु १० हजारको दरले नगद अनुदान प्रदान गर्ने नेपाल सरकारको निर्णय अनुसार प्यूठान नगरपालिकाले उक्त रकम नगरपालिका भित्रका कोभिड १९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई हस्तान्तरण गर्ने भएको छ ।