बीमा सम्बन्धी ज्ञान प्रदान गर्दै बीमा समिति गुल्मीमा

0
259

कात्तिक २९,२०७८ गुल्मीः बीमा सम्बन्धी स्थानीय नागरिकहरुलाई ज्ञान दिनका लागि बीमा समिति गुल्मीका गाउँगाउँमा पुगेको छ ।
बीमा र बीमाको महत्व बारे जानकारी दिने उद्येश्यले आइतबार बीमा समिति र गुल्मीदरबार गाउँपालिका बिच अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बीमा समितिकी उपनिर्देशक निशा घिमिरेले बीमा केहो , त्यसको महत्व ,बीमाको इतिहास र हालसम्मको अबस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा गुल्मीदरबार गाउँपालिकाकी कार्यवहाक अध्यक्ष मीना भण्डारीले बीमाको बारेमा उचित प्रचार प्रसार हुन नसकेको बताउनुभयो ।

बीमा गर्दा फाइदै फाइदा हुने भएपनि त्यसलाई अझै स्थानीय नागरिकहरु बिच जति जानुपर्ने हो त्यती लान नसकेको उहाँको भनाई छ ।
पछिल्लो समयमा कृषि क्षेत्रलाई गाउँपालिकाले उचित प्राथमिकता दिएको सन्र्दभमा कृषि बीमालाई प्रभाबकारी बनाउन नसकिएको भन्दै प्रभाबकारी बनाउन सबैको ध्यान जान जरुरी रहेको उहाँले बताउनुभयो ।

यस्तै गुल्मीदरबार गाउँपाकिाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जीबन बीमा र निर्जिबन बीमा कम्पनीहरु बिच गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
उहाँले गाउँपालिकाका नागरिकहरुलाई बीमा सम्बन्धी ज्ञान प्रदान गर्नका लागि बीमा कम्पनीहरु बिच सहकार्य गरेर जाने बताउनुभयो ।
बीमा समितिकी उपनिर्देशक लक्ष्मी ढकालको अध्यक्षतामा कार्यक्रमको सहजिकरण बीमा समितिका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले गर्नुभएको थियो ।

कार्यक्रममा गुल्मी स्थित जीबन बीमा र निर्जिबन बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु,बिद्यालयका प्रअ , गुल्मीदरबार गाउँपालिकाका बिषयगत शाखाका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

SHARE