
कात्तिक २३,२०७८प्युठान : प्यूठान नगरपालिका वडा नंवर ३ ओखरबोटको एक गोठमा आगलागी भएको छ । सन्त बहादुर रानाको गोठमा आगो सल्किदा करिब रु ३ लाख बराबरको क्षति भएको परिबार श्रोतले जनाएको छ ।


स्थानीय तिलक सुनारका अनुसार गोठ जलेर पर्ण रुपमा नष्ट भएको छ । आगलागी भएको करिब २ घण्टापछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । गोठमा सुनार र श्रीमति बस्दै आएको सुनारले बताए ।
आगालागीको कारण भने खुलेको छैन ।
