१५ करोडको मालाको कारोबार

0
400

कात्तिक २१,२०७८काठमाडौं : यस वर्षको तिहारमा १५ करोड बढीको मालाको कारोबार भएको छ। तिहारका लागि १५ करोड २० लाख ७५ हजार रुपैयाँ बराबरको माला बिक्री भएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ।

एशोसिएसनका अनुसार आन्तरिक बजारमा १२ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको १८ लाख १५ हजार सयपत्री माला बिक्री भएको छ। त्यसैगरी, १ करोड ६७ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ५ हजार मखमली माला आन्तरिक बजारमा बिक्री भएको छ। भने ५२ लाख ५० हजार रुपैयाँ बराबरको १५ हजार गोदावरी माला आन्तरिक बजारमा बिक्री भएको छ।

सोही अवधिमा नेपालबाट ३० लाख रुपैयाँ बराबरको १ लाख मखमली निर्यात भएको एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए। यो वर्षको तिहारका लागि आवश्यक सयपत्री फूलको बजार मागलाई परिपूर्ति गर्न सातै प्रदेश अन्तर्गत रहेको करिब ३२ जिल्लामा व्यवसायीक सयपत्री फूलको उत्पादन भएको थियो।

प्रदेश नं। २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिमाञ्चल प्रदेश अन्तर्गतका तराई तथा केहि मध्य पहाडी जिल्लाहरूमा केहि समय अगाडी आएको अविरल बर्षात र बाढीका कारण सयपत्री फूल खेतीमा असर परेको थियो।

SHARE