
कात्तिक १८,२०७८नवलपरासी : बर्दघाट–सुस्तापूर्वमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको संख्या धेरै देखिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८र ७९ को तीन महिनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको संख्या धेरै देखिएको हो।


जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द शर्मा भुसालका अनुसार गत साउनदेखि असोज मसान्तसम्म दुई हजार ८८९ ले नयाँ नागरिकता बनाउँदा तीन हजार ८९ ले राहदानी बनाएका छन्। नयाँ नागरिकता लिनेमध्ये महिलाको संख्या एक हजार ४०१ तथा पुरुषको संख्या एक हजार ४८८ रहेका भुसालले जानकारी दिए।
यस्तै‚ राहदानीका लागि दुई हजार ५३४ वटा सिफारिस गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत भुसालले जानकारी दिए। उनका अनुसार राहदानी लिन सिफारिस गरिएकामध्ये पुरुष एक हजार ६५७, महिला ८१२ र नाबालक ६५ जना रहेका छन्। त्यस्तै द्रुत सेवामार्फत राहदानीका लागि परराष्ट्र मन्त्रालयमा ५४५ वटा सिफारिस गरिएको भुसालले जानकारी दिए।

परराष्ट्रमा सिफारिस गरिएकामध्ये पुरुष ३४६, महिला १८८ र नाबालक ११ जना रहेका छन्। गत वर्षको तुलनामा जिल्लाबाट राहदानी बनाउने बढेका छन्। गत वर्ष कोभिड–१९ का प्रभावका कारण थोरैले नागरिकता बनाएका थिए।
त्यसैगरी नयाँ नागरिकता लिनेकै हाराहारीको संख्यामा नागरिकताको प्रतिलिपि लिने छन्। सूचना अधिकारी भुसालका अनुसार तीन महिनाको अवधिमा दुई हजार ८८३ ले नागरिकताको प्रतिलिपि निकालेका छन्। प्रतिलिपि लिनेमा पुरुष एक हजार ५०६ जना तथा महिला एक हजार ३१७ रहेका छन्। पहिले बनाएको नागरिकता हराएको, चोरी भएको, सच्याउनुपर्ने जस्ता कारण देखाई नागरिकताको प्रतिलिपि लिने गरेका भुसालले बताए। रासस