दाङमा करिब ५ लाख नगदसहित २० जुवाडे प्रकाउ

0
484

कात्तिक १६,२०७८दाङ : दाङमा साढे चार लाख रूपैयाँभन्दा बढी रकमसहित जुवा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका(१४ रझेनाका यज्ञ खड्काको घरमा आइतबार राति करिब ९ बजे उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

अवैध जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट गएको प्रहरी टोलीले ४ लाख ६४ हजार रुपैयाँ नगदसहित २० जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घोराही(१५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बूढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही(१४ का २९ वर्षीय लालबहादुर अमल, घोराही(१५ का ५७ वर्षीय शरद लामिछाने, घोराही(१२ का ५२ वर्षीय कुलराज वली, जुवाको खालबाट रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षीय रूपलाल बिक रहेका छन्।

त्यस्तै घोराही(१५ का ५७ वर्षीय महावीर वली, सोही ठाउँका ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ वर्षीय विकास खत्री, ४२ कै प्रमोद गौतम, घोराही(४ गोग्लीका ६२ वर्षीय श्रीधर अधिकारी, घोराही(५ का ५७ वर्षीय नबिन पछाँँई, घोराही(१९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही(१४ का २५ वर्षीय यज्ञ खड्का, घोराही(१४ का २४ वर्षीय कमल घर्ती, घोराही(१६ का ३४ का रबी गिरी र घोराही(१८ का ४९ वर्षीय समिर लामा रहेको प्रहरीले जानकारी दिएको छ।

SHARE