गुल्मीमा बम बिस्फोट गरेर सडक सञ्चालन गरिदैँ

0
695

हुमाकान्त पोखरेल
कात्तिक १३,२०७८गुल्मीः कालिगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले बम बिस्फोट गरेको छ ।
करिडोरको रुरुक्षेत्र गाउँपालिका –२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो । पहिरो र बीचमा ठूला ढुंगाहरु अड्किएका कारण नौ दिनदेखि यातायातका साधनहरुको आवत–जावत बन्द रहेको थियो ।

डोजरले वा अन्य उपकरणले मात्रै पहिरो हटाउन नसकिने भएपछि सेनाले शुक्रबारबाट बम बिस्फोट गरेर ढुंगाहरु फुटाउने काम गरेको प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौडेलले जानकारी दिए ।

कालिगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मका उपसेनानी हिक्मतबहादुर चन्द नेतृत्वको संयुक्त टोलीले पहिरो पन्छाउने काम गरिरहेको पौडेलले जानकारी दिए ।

नेपाली सेनाले बममार्फत ढुंगा नफोरेसम्म अरू कुनै उपाय नभएकाले सेनाका प्रक्रियाका कारण केही समय ढिला भएको उनको भनाई छ ।
त्यो सडकबाट गुल्मीसहित बाग्लुङका दैनिक एक डेढ सय बढी सवारीसाधन आवतजावत गर्छन् । पहिरोले सडक अवरुद्ध भएपछि बाग्लुङ बुर्तिबाङसम्मका ठूला गाडीहरू तम्घास भएर गन्तव्यमा पुग्ने गरेका थिए ।

SHARE