चितुवाको छाला सहित बाँकेमा तीन जना पक्राउ

0
276

कात्तिक १३,२०७८बाँके : बाँकेमा चितुवाको छाला र हड्डी कारोबार गर्दै गर्दा तीन जना पक्राउ परेका छन् ।

शुक्रबार राती करिब ८ बजे कोहलपुर नगरपालिका ११ स्थित एक होटेलमा बसेर छाला र हड्डी कारोबार गर्ने क्रममा सुर्खेतका दुई जना र बाँकेका एक जना गरी तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं। ९ ढकेरी बस्ने ३५ वर्षीय हिरासिह बि।क।, सुर्खेतको पंचपुरी नगरपालिका वडा नं।७ बस्ने २४ वर्षीय रमेश वयक र सोही ठाउँका २८ वर्षीय बसन्त बि।सी। रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुको साथबाट प्रहरीले चितुवाको छाला थान १ र १ किलो ४० ग्राम हड्डी बरामद गरेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE