स्थायी राजधानी भालुबाङमा सुविधा सम्पन्न अस्पताल

0
304

कातिक १३,२०७८ देउखुरी : लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका–१ भालुबाङमा सुविधा सम्पन्न अस्पताल निर्माणको प्रक्रिया सुरु भएको छ । जस अन्तरगत स्वास्थ्य चौकी लालमटीयाको स्तरबृद्दी गरि लुम्बिनी प्रदेश सरकारले ५० शैयाको अस्पताल बनाउन थालेको हो ।

प्रस्तावित भालुबाङ अस्पतालको रुपमा सेवा सुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य जनस्वास्थ्य तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले प्रस्तावित भालुबाङ अस्पतालको उदघाटन गर्नु भएको हो । मन्त्री थारुले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन वडा तह देखि आधारभुत स्वास्थ्य सेवा देखि माथिल्लो तह सम्म बिशेषज्ञ उपचार सेवाको ग्यारेन्टी गरिने बताउनु भयो ।

राजधानी क्षेत्रमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सुविधा सम्पन्न ५० शैयाको अस्पताल भालुबाङ्गमा रहने, हरेक पालिकामा १५ शैयाको अस्पताल र वडामा आधारभुत स्वास्थ्य इकाई स्थापना संगै औषधी उपचार सेवा सुनिश्चित गरिने बताउनु भयो । यस्तै मन्त्री थारुले लमहीमा प्रादेशिक ट्रमा सेन्टरको स्थापना गरेर ट्रमाका बिरामीको उपचार गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

भालुबाङमा ५० शैयाको अस्पताल बनाउन लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक बर्षमा एक करोड बजेट बिनियोजन गरेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विनियोजित बिस्तृत योजना निर्माण देखि जग्गा प्राप्तिका सबै प्रक्रिया पूरा गरिने र अस्पतालको रुपमा सेवा थप गर्दै लगिने बताउनु भयो । उहाँले भन्नुभयो,अस्पतालको सेवा बृद्धी गर्न बजेटको अभाव हुने छैन,सेवा थपिदै लैजादा बजेट पनि थपिदै जान्छ,अस्पतालबाट निकट भविस्यमा सल्यक्रिया सेवा सुरु गर्ने योजना छ ।

देउखुरीमा भरपर्दो स्वास्थ्य उपचारको लागि अस्पताल छैन । सामान्य सल्यक्रियाको लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । भालुवाङमा अस्पताल निर्माण हुन थालेपछि स्वास्थ्य कर्मीहरुले समेत खुसी व्यक्त गरेका छन् । निक साइमन इन्सिच्यूटका प्रमुख डाक्टर कासिम शाहले स्वास्थ्य उपचारको क्षेत्रमा देउखुरीले फड्को मार्ने, प्रदेश राजधानी अवसरको रुपमा रहेकोे बताउनु भयो ।

उहाँले अस्पतालको सेवा वृद्धि गर्न निक साइमनको तर्फबाट जनशक्ति र उपकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । स्थानीय सरकाले पनि भालुबाङमा सेवा सुरु गरेको अस्पतालको सेवा विस्तारमा स्थानीय सहयोग गर्ने बताएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले प्रदेश सरकारसंग समन्वय गर्दै अस्पतालको विकास र गुणस्तरीय सेवामा सहयोग गर्ने बताउनुभयो ।

SHARE