खाना पकाउने ग्यासको मूल्‍यमा ५० बढ्यो

प्रतिसिलिण्डर १५ सय रुपैयाँ

0
897

कात्तिक १३,२०७८काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको हो।

निगमले विभिन्न समयमा पेट्रोलियम पदार्थहरूको मूल्‍य बढाउँदै आएको भए पनि यसपटक खाना पकाउने एलपी ग्यासको भने प्रतिसिलिण्डर ५० रुपैयाँले बढेर अब प्रतिसिलिण्डर १५ सय रुपैयाँ पुगेको छ। यसअघि २५ रुपैयाँले बढ्ने गरेको ग्यासको मूल्‍य सिलिण्डरमै ५० बढ्दा उपभोक्तालाई मार परेको छ।

त्यस्तै, पेट्रोलको साविकको बिक्री मूल्यमा तीन रुपैयाँले वृद्धि गरी एक सय ३३ रुपैयाँ कायम गरेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर तीन रुपैयाँले नै बढेर एक सय १६ रुपैयाँ पुगेको छ।

आन्तरिक तथा बाहृय हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अमेरिकी डलर आठ सय ५३ प्रति किलो लिटर कायम गरिएको छ।

SHARE