बर्दियाका बाढीपीडित निरीक्षणमा नेता आउँछन् ,राहत आउदैन्

0
495
फाइल फोटो

कात्तिक ८,२०७८बर्दिया: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार बाढी प्रभावित बर्दियाको राजापुर क्षेत्रको निरीक्षण गरे। निरीक्षणका क्रममा नेता पौडेलले बाढीपीडिका लागि राहतको तत्काल व्यवस्था गर्ने आश्वासन दिए।

उनले काठमाडौं फर्किएपछि पीडितलाई राहतका लागि पहल गर्ने बताए। यसअघि गत शुक्रबार बर्दिया आएका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि काठमाडौं पुगेर योजना बनाउने बताएका थिए।

प्रधानमन्त्री र सत्तारुढ दलका उच्च नेताहरूले आश्वासन दिइरहे पनि बर्दियाका बाढीपीडितहरू भने पाँच दिनदेखि चाउचाउ र चिउराकै भरका छन्। तत्काल भनेको कहिलेसम्म हो भनेर उनीहरूले सरकारलाई प्रश्न गरेका छन्। घरमा भएका सबै अन्नपात बाढीले बगाएपछि टहराको बास भएका बाढीपीडितहरूले खाद्यान्नका नाममा चाउचाउ र चिउराबाहेक केही नपाएको बताएका छन्।

SHARE