बाढीपहिरो र डुबानमा परी एक सय १२ जनाको मृत्यु, ३६ बेपत्ता

0
198
फाइल फोटो

कात्तिक ५,२०७८काठमाडौं : अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म एक सय १२ जनाको मृत्यु भएको छ।

बाढीपहिरोमा परी प्रदेश १ मा ६५ जना, बागमती प्रदेशमा एक जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा ३३ जना गरी जम्मा एक सय १२ जनाको मृत्यु भएको हो।

यस्तै प्रदेश १ मा २१ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

प्रहरीका अनुसार बाढीपहिरोमा परी प्रदेश १ मा ११ जना, प्रदेश २ मा एक जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २२ जना गरी जम्मा ३६ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

बाढीको कारण जम्मा दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका छन्। ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १ सय ८६ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट एक हजार १ सय ८८ वटा घर परिवार विस्थापित भएका छन्। यो समाचार हामीले थाहाखबरबाट लिएका हौँ।

SHARE