
कात्तिक ५,२०७८ गुल्मी : कालीगण्डकी करिडोर पहिरोका कारण अबरुद्ध भएको छ ।
करिडोरको हर्मिचौर अर्बेनी सडक खण्डको गरगरेमा सडक माथिबाट ठूलो पहिरो सखेपछि सडक अबरुद्ध भएको कालीगण्डकी करिडोर निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ ।
अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको नेपाली सेनाले जनाएको छ ।
पहिरो खस्ने क्रम रोकिए पछि सडक खुलाउनका लागि डोजर प्रयोग गरिने सेनाले जनाएको छ ।
यता जिल्लाको रिडी रुद्रबेनी सडक खण्ड पहिरोका कारण अबरुद्ध भएको छ ।
रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा बिहीबार साँझ सडक माथिबाटै ठूलो पहिरो खसेका कारण सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए ।






