प्यूठानमा पछिल्लो तीन दिनमा कोरोना सङ्क्रमण शून्य

0
360

कात्तिक २,२०७८प्युठान : प्यूठानमा पछिल्लो तीन दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन । यस अवधिमा १७ जना सङ्क्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिसिएमसी० जनाएको छ ।

केही हप्तादेखि दैनिक रुपमा निरन्तर ओरोलो लागेको सङ्क्रमणदर तीन दिनयता शून्यमा झरेको हो । गत बिहीबार भने एक जनामा सङ्क्रमण देखिएको तथा १९ जना सङ्क्रमणमुक्त भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । प्यूठानमा अहिले सक्रीय संक्रमित जम्मा १३ जना छन ।

जिल्लाको ऐरावति गाउँपालिका, झिमरुक गाउँपालिका र स्वर्गद्धारी नगरपालिका पछिल्लो एक हप्तादेखि कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् । अहिले प्यूठान नगरपालिकामा ४, गौमुखिमा ३, मल्लरानीमा १, सरुमारानीमा १, माण्डबीमा २ र नौबहिनीमा २ जना मात्रै कोरोना सङ्क्रमित छन् ।
जिल्लामा हालसम्म ३ हजार ९ सय १७ मा सङ्क्रमण देखिएकामा ७२ को मृत्यु भएको छ । हालसम्मका कुल सङ्क्रमितमध्ये ९८।०४ प्रतिशत अर्थात् ३ हजार ८३१ सङ्क्रमणमुक्त भइसकेका छन् ।

SHARE