नेकपा एकीकृत समाजबादी गुल्मीको अध्यक्षमा श्रीराम महत

0
548

कात्तिक २,२०७८ गुल्मीः नेकपा एकीकृत समाजबादी गुल्मीको अध्यक्षमा श्रीराम महत चयन भएका छन् ।
सोमबार पार्टीको प्रथम जिल्ला भेलाले महतलाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै पार्टीको उपाध्यक्षमा चन्द्रबहादुर सुनार ,झबि पाण्डे रहेका छन् ।सचिबमा रोहित कंडेल,उपसचिबमा निर्मला भट्टराई र राजेन्द्र सुनार रहेको अध्यक्ष महतले जानकारी दिए ।
जिल्ला कमिटि ८१ सदस्यीय रहेको छ । जिल्ला भेलालाई पार्टीकी सचिब एंव सहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले सम्बोधन गरेकी थिइन् ।

SHARE