मोतिपुर घटना :मृतकको परिवारलाई एक एक लाख

0
51

असोज २५,२०७८ रुपन्देही :लुम्बिनी प्रदेश सरकारले रूपन्देहीको मोतीपुरमा प्रहरीसँगको झडपमा मृत्यु भएका ब्यक्तिको परिवारलाई एकरएक लाख रूपैयाँ दिने भएको छ । मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप हुँदा आइतबार ४ जनाको ज्यान गएको थियो ।

लुम्बिनी प्रदेश सरकारको सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई १/१ लाख रूपैयाँ दिने निर्णय भएको हो । सो घटनामा प्रहरी र सर्वसाधारण गरी दर्जनौ बढी घाइते भएका छन् ।

SHARE