गाईगोठदेखि मन्त्रीसम्म पुग्ने को हुन रमा ?

0
51

शिब सुवेदी
असोज२५,२०७८ गुल्मीः लुम्बिनी प्रदेश कानुन,महिला,वालवालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीको पाल्पा जिल्लाको तत्कालीन चिदिपानी गाविस ७ हाल माथागढी १ मा २०३३ साल वैशाख १८ गते जन्मनु भएको हो । बाबा लाल बहादुर घर्ती र आमा धनकुमारी घर्तीको कोखवाट दोस्रो सन्तानको रूपमा उहाँको जन्म भएको हो । १ जना दाजु २जना भाइ र १ जना बहिनी र आफू गरि ५ जना छोराछोरीमध्येकि उहाँ जेठि छोरि हुनुहुन्छ । सामान्य किसान परिवारमा जन्मनुभएकि रमा सानै उमेरदेखि परिवारका सदस्यहरुमा सवैभन्दा मेहनती र ईमान्दारका रुपमा गाउँमा परिचित हुनुहुन्छ । प्राथमिक शिक्षा श्री आदर्श आधारभुत विद्यालय माथागढी चिदिपानीवाट भएको हो भने निम्न माध्यमिक र माध्यमिक तहको शिक्षा श्री सौभाग्य मावि माथागढी १ चिदिपानीवाट भएको हो । सवैलाई समान व्यवहार र समाज सेवा गर्ने उहाँको सानै उमेरदेखि रुचि रहेको थियो ।
उहाँको विवाह २०५३ साल भदौ ५ गते माथागढी २ रुप्सेका सम्मर वहादुर घर्तीसगँ भएको हो । सामान्य किसान परिवारमा जन्म भएकाले उहाँको विवाह पनि सामान्य किसान परिवारमै भएको थियो । जन्म घर र कर्म घरको आर्थिक अवस्था समेत कमजोर हुदा उहाँको उच्च शिक्षा अध्ययन गर्ने चाहाना पूरा हुन नसकेपछि उहाँ कृषि र पशुपालन क्षेत्रमा लाग्नुभएको थियो । लामो समयसम्म श्रीमानसगँ कृषि र पशुपालन गर्नुभएकी रमा घर्तीको अहिले पनि पशुपालन फर्म सञ्चालनमा रहेको छ । फर्मको श्रीमान सम्मर वहादुरले अहिले समाल्दै आउनुभएको छ ।
२०५१ सालवाट राजनीतिमा जोडिनुभएकि रमा
पछिल्लो समय नेपाली राजनीतिमा आफ्नो स्वाभिमान कामय राख्ने र खरो स्वभावसङ्गै प्रखर बोल्ने महिला नेतृका रुपमा परिचित हुनुहुन्छ । घर्ती हाल लुम्बिनी प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी समाजवादीको तर्फबाट एकल सांसद् रहनुभएको छ । समाजवादी पाटी पाल्पा जिल्ला उपाध्यक्ष समेत रहनुभएकी उहाँ २०६२र०६३ को जनआन्दोलनमा पाल्पा जिल्लामा नेतृत्वदायि भुमिका निभाउनुभएको थियो । घरको आर्थिक अवस्था कमजोर हुदाहुदै पनि उहाले समाजका महिलाहरुलाई एकजुट वनाउने, विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्ने र महिलाहरुको आयआर्जन माथि उठाउन सङ्घर्ष गर्दै आउनु भएको छ । सामान्य किसान परिवारहुदै कम्युनिस्ट आन्दोलनमा जोडिनुभएकि रमा घर्तीले २०५१ मा कम्युनिस्ट पाटीको गाउँ कमिटी सदस्य हुनुभयो । २०६४ मा पाटीको सगंठित सदस्य,२०६५ मा दुई कार्यकाल पाल्पा जिल्ला क्षेत्रिय कमिटी सदस्यको भुमिका निभाउदै २०७० देखि जिल्ला कमिटी सदस्यको सक्रिय भुमिका निभाउनुभएको हो भने उहाँ हाल नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी पाल्पा जिल्ला उपाध्यक्ष रहनुभएको छ । २०७४ सालमा समावेशी समानुपातिक सासंदवाट लुम्बिनी प्रदेश सभामा प्रवेश गरेकी उहाँ २०७८ असोज २५ गते आईतवार लुम्बिनी प्रदेशको कानुन ,महिला तथा जेष्ठ नागरिक मन्त्रीको रूपमा सपथ लिएर मन्त्रालयको कार्यभार समाल्नुभएको छ ।
ईमानदार,सरल र नेपाली राजनीतिमा प्रखर बोल्ने मन्त्री रमा घर्तीको पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश सभामा एकल सदस्यको रुपमा सनाखत गरेपछि झनै चर्चा चुलियो । लामो समय जिल्लाका विभिन्न सामाजिक सघं सस्थामा अनुभव वटुल्नु भएकी रमालाई जिल्लाले सफल पशुपालन कृषकका रुपमा समेत सम्मान गरेको थियो । सक्रिय राजनीतिमा क्रियाशील रहनुभएकि रमा घर्ती आगामी निर्वाचनमा पाल्पा जिल्लावाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फबाट चुनावी मैदानमा उत्रने तयारीमा रहनुभएको छ।

SHARE