दिवाकर पोख्रेल
देउखुरी,असोज २५ गते : चाडपर्वमा सीमा क्षेत्रमा हुने आपराधिक क्रियापकलाप रोक्न दाङका सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडाइ निर्देशन दिएको छ ।
भारतसँग जोडिएका ३४ वटा सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन दिइएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले बताउनुभयो । उहाँले मिमाक्षेत्रका सुरक्षा प्रमुखलाई सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिइएको बताउनुभयो । दशँै, तिहार तथा छठ पर्वलाई लक्षित गरी दाङ प्रहरी र सशस्त्र प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।
चाडपर्वलाई लक्षित गरि सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तैनाथी बढाउँदै सीमा सुरक्षालाई थप चुस्त बनाएको हो । जिल्लाका अन्य सुरक्षा निकायसहित स्थानीय तहसँग समन्वय गरेर सीमा सुरक्षालाई प्रभावकारी बनाउँदै लगिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्का अनुसार दाङका ३४ वटै सीमाक्षेत्रमा चाडपर्वलाई मध्यनजर गर्दै अहिले सामान्य अवस्थामा भन्दा तेब्बरको संख्यामा सशस्त्र प्रहरीका जनशक्ति खटाइएको छ । ‘अहिले हरेक १७ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको टोली खटिएको छ, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ले भन्नुभयो,—। ‘अहिले आवतजावतलाई पूर्ण निषेध गरिएको छ ।’
सशस्त्र प्रहरी बल २९ नं. हेक्वा ज्वालामाइ गण भालुवाङ्का प्रमुख टोप खनालले सीमा क्षेत्रमा यसअघि ३ वटा नेपाल बोर्डर आउट पोष्ट (बीओपी) भएको जानकारी दिदैँ, हाल बीओपी संख्या बढाएर ५ वटा पु¥याइएको बताउनुभयो । उहाँले ८३ किलोमिटर सीमा रहेको दाङको सीमा क्षेत्रमा अहिले ५ वटा (बीओपी) ८ वटा फरवार्ड बेस, बोर्डर मोनिटरिङ् पोष्ट ३ वटा स्थापना गरिएको छ ।
८३ किलोमिटर सीमा रहेको दाङको सीमा क्षेत्रमा १२ वटा नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुनेछ, उहाँले भन्नुभयो । उहाँका अनुसार सीमामा स्थायी ड्यूटी, सवारी, मोबाइल, पैदल र साइकल गस्तीलाई पनि बढाइएको छ ।
सशस्त्र प्रहरीले दाङको कोइलाबास सीमा क्षेत्रमा हेल्थ डेस्कमा पनि सञ्चालन गरेको छ । जसमा अहिलेसम्म एक हजारभन्दा बढीले सेवा लिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको मुसि, कोइलाबास, सिरिया, खांग्रा, डगमारा र भैँसाही सीमा नाकाका सुरक्षाकर्मीलाई आपराधिक गतिविधि तथा शंकास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न प्रहरीलाई निर्देशन दिएको दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।
चाडपर्वको बेला भिडभाड हुने स्थल, आर्थिक कारोबार हुने बैँक, वित्तीय संस्था जस्ता ठाउँमा प्रहरीले विशेष निगरानी राखेको छ । साथै धार्मिकस्थल, भिडभाड हुने ठाउँमा पाकेटमार तथा अन्य अपराध हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।