बर्दियामा जिपले साइकललाई ठक्कर दिँदा एकको मृत्यु, १० जना घाइते

0
401

असोज२१,२०७८बर्दिया : जिपले साइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका(३ दम्कीस्थित भुरिगाउँबाट गुलरियातर्फ आउँदै गरेको भे १ ज ८७९ नम्बरको बलेरो जिप साइकलयात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हो।

मृत्यु हुनेमा मधुवन नगरपालिका–५ बस्ने ८० वर्षीया रुप्सी कुमाल छन् । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै दुर्घटनामा १० जना घाइते भएका छन्।

घाइते हुनेमा गुलरिया नगरपालिका–७ का ७० वर्षीय चक्रपाणी घिमिरे, गेरुवा गाउँपालिका–३ बस्ने १९ वर्षीय मनिराम थारू, वडा नम्बर ४ बस्ने ६४ वर्षीय नर प्रसाद काफ्ले, १८ वर्षीय सनम थारू, राजापुर नगरपालिका–४ बस्ने ६१ वर्षीय खुशीराम थारू, मधुवन नगरपालिका–५ बस्ने ७५ वर्षीय धनिराम कुमाल छन्।

यस्तै वडा नम्बर ६ बस्ने २३ वर्षीय सोनम विक, वडा नम्बर ९ बस्ने २० वर्षीय आशिष थारू, ठाकुरबाबा नगरपालिका–३ बस्ने ५४ वर्षीय भुन्टि थारू र बाँके नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय भावना केसीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापश्चात चालक फरार भएका थिए। सुर्खेत घर भई हाल ठाकुरबाबा नगरपालिका–३ बस्ने चालक पहरसिंह बडवाललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

SHARE