नेपाली काग्रेंस मालिका उपेन्द्र अर्यालको हातमा

0
455

असोज २०
डिवी खड्का
गुल्मी : नेपाली काग्रेंसको १४ औं महाधिवेशन अन्र्तगत हिजो अर्थात असोज १९ गते गुल्मीका १२ वटा स्थानीय तह मध्ये ११ वटा स्थानीय तहमा कांग्रेसले आफ्नो नेतृत्व छानेको छ ।
दुई वटा स्थानीय तह मुसिकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा मतदान गरेर नेतृत्व छानीएको छ ,भने बाकी ९ वटा स्थानीय तहमा सर्वसहमतले नेतृत्व चयन गरिएको छ । बाकी रहेको रेसुंगा नगरपालिकामा सहमतीको प्रयास जारी राखीएको छ ।
त्यस्तै जिल्लाको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाले सर्वसहमतले युवा नेता तथा छाँया सरकारका प्रमुख समेत रहेका ४० वर्षीय उपेन्द्र अर्याललाई नेतृत्वमा चयन गर्दे आफ्नो १४ औं महाधिवेशन समापन गरेको छ ।गाउँपालिकाको सुशासन तथा विकास निमार्णका कार्यमा खरो रुपमा उत्रीदै आएका अर्याल काग्रेंस भित्र मात्रै नभएर अन्य पार्टीका युवा बिच पनि लोकप्रिय रहेका छन् ।

विगत लामो समय देखी नेपाली काग्रेंसको राजनीतिमा क्रियाशिल रहेका अर्याल मालिका गाउँपालिका ४ अर्खबाङमा जन्मेका हुन ।
२०४८ सालमा अर्खबाङ माध्यमिक विद्यालयमा नेविसंघको उपसभापति बाट राजनीति सुरु गरेका अर्याल । २०५६ सालमा सदरमुकाम तम्घासमा रहेको रेसुंगा बहुमुखी क्याम्पसमा नेविसंघको राजनीति गर्दै २०५९ सालमा माओवादी जनयुद्धमा गुल्मी बाट विस्थापीत भएका थिए । २०६१ सालमा माओवादी पीडित संघका केन्द्रिय सदस्य रहेर काम गरेका अर्यालले पाँच वर्ष दक्षिण कोरियामा रोजगारीको शिलशिलामा समय बिताए ।

त्यहाँ रहदा पनि गुल्मी दक्षीण कोरीया सम्र्पक समाजको सचिव रहेर दुई वर्ष सम्म श्रमिकै हकहितको लागी काम गरे ।
२०७३ सालमा नेपाल फर्की पुनस् राजनीति संगै सामाजिक कार्यमा सक्रिय रहेका अर्यालले स्थानीय तहको निवार्चनमा वडामा झिनो मत अन्तरले पराजित भएपनि राजनीतिमा थप शसक्त भएर लागे ।

मालिका गाउँपालिकाको काग्रेंसको छाँया सरकार प्रमुख हुदैं अहिले सभापतिको जिम्मेवारी पाएका अर्याल बाट मालिकाको काग्रेंसले धेरै अपेक्षा गरेको छ ।
तुलानात्मक रुपमा कम्जोर र चुनावमा भोग्दै आएको पराजय बाट मुक्ती पाउनको लागी अर्याल सहित उनको टिम शसक्त भएर लाग्नु पर्ने देखीन्छ । त्यस्तै मालिका गाउँपालिकाको उपसभापतिमा दिपक भण्डारी,प्रेम बहादुर श्रीस, सचिवमा डेम बहादुर खत्री,सुर्य पराजुली,सह सचिवमा लक्ष्मी केसी र तुल्सी गिरी सहित ४६ सदस्यीय समिति गठन गरिएको छ ।

SHARE