रेसुंगा नगरपालिकाको नगर सभापतिमा चार जनाको उमेद्धारी : चारैजना अब्बल रहेको दाबी

0
572

तिलाचन पाण्डे
असोज १८,२०७८ गुल्मीः गुल्मीमा नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्र्तगत स्थानीय तहहरुको अधिवेशन १९ गते (मंगलबार )हुँदै छ ।
स्थानीय तहहरुमा नेतृत्व गर्नका लागि अहिले स्थानीय तह र जिल्ला स्तरका नेताहरु एक वा दुई पक्षिय छलफल र बैठकमा ब्यस्त छन् ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुंगा नगरपालिकाको नगर सभापतिका लागि बिषेश गरी चार जनाले नगर सभापतिमा आफनो दाबी प्रस्तुत गर्दै आएका छन् । हाल नगरको सचिबमा रहेका हरीकुमार श्रेष्ठले तम्घासमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना नै गरी आफू नगर सभापतिको उमेद्धार रहेको घोषण गरेका छन् ।
उनले आफूले नगरको नेतृत्व गर्ने अबसर पाए नगरको काँग्रेसलाई गोलबन्द गरी अगाडी बड्ने बताए । यसका साथै युवाहरुलाई एकजुट गरी रोजगारी सृजना गर्ने र नगरको काँग्रेसलाई अन्य पार्टीको तुलनामा अब्बल बनाउने योजना रहेको सुनाए ।
यस्तै नगर सभापतिका अर्का दाबेदार गगन केशीले पनि आफूले नगरमा काँग्रेसको नेतृत्वलाई सफल बनाउन आफनो उमेद्धारी रहेको बताए । यस अघि वडा नम्बर १३ को पार्टी सभापति रहेका केशीले नगरको बिकास र काँग्रेसलाई पहिलो पार्टी बनाउनका लागि आफनो उमेद्धारी रहेको बताए ।
यस्तै भर्खरै निजामति सेवाबाट अवकास प्राप्त जयश्वर पन्थीले नगरको सभापति कुनै पनि हालतमा नछाड्ने बताएका छन् ।
काँग्रेसको सुभेच्छुक संस्था नेपाल निजामति कर्मचारी युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका उनले काँग्रेसको संगठन सुदृणीकरण ,नगरको स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई अब्बल बनाउन, कार्यकर्ताहरुको कामको आधारमा अभिलेखीकरण राख्न र सेवा प्रबाहमा सु शासन कायम गर्नका लागि आफनो उमेद्धारी रहेको दाबी गरे ।
अन्य दाबेदार साथीहरुले पनि सहमतिकै आधारमा आफूलाई नगरको सभापति स्विकार गर्नेमा आफू ढुक्क रहेको दाबी गर्दै निर्वाचन नै लडन परे पनि आफू तयार रहेको उनले दाबी गरे ।
जिल्लाको काँग्रेसलाई जुरुक्क उठाउनका लागि नगरमा आफनो उमेद्धारी रहेको तरुणदलका जिल्ला अध्यक्ष भरत भलामीले दाबी गरेका छन् ।
उनले गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुंगा नगरपालिका जित्यो भने अन्य ११ वटै स्थानीय तहमा पनि प्रभाब पर्ने भएकाले नगरलाई जिताउन र गुल्मी जिल्लामै काँग्रेसलाई अब्बल बनाउन आफनो उमेद्धारी रहेको बताए ।
यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिकामा रामप्रसाद न्यौपाने, निम श्रीस र गोबिन्द गौतमले सभापतिको दाबी गरिरहेका छन् ।
चन्द्रकोट गाउँपालिकामा बिष्णु भण्डारी एकल सभापतिको दाबेदार छन् भने सत्यवतीमा बिष्णु भण्डारी र गंगाबहादुर शाही सभापतिका दाबेदार छन् ।
रुरुक्षेत्रमा देबेन्द्र मल्ल एकल सभापतिका दाबेदार छन् भने छत्रकोटमा धातानन्द भुसाल,महेश्वर भण्डारी सभापतिको दाबेदार रहेका छन् ।
गुल्मीदरबारमा प्रेम पुन,शालीक टण्डन,बाबुराम खरेल र इश्वरी परियार सभापतिको दाबेदार छन् । धुर्कोटमा हरी थापा,लालमणी भण्डारी,तारा भण्डारी र तेजबहादुर बोहोरा सभापतिको दाबेदार छन् । मालिकामा उपेन्द्र अर्याल एकल सभापतिको दाबेदार छन् भने मदानेमा महेन्द्र कुँवर,फर्सुराम भुसाल र राजेन्द्र बिष्ट सभापतिको दाबेदार छन् । इश्मामा शेरबहादुर कुँवर र कृष्ण रिजाल सभापतिका दाबेदार छन् भने मुसिकोट नगरपालिकामा छबिलाल भण्डारी, मोहोन घिमिरे र तीर्थमणी काफले सभापतिको दाबेदार रहेका छन् ।
सहमतिमै मिलाउँछौ ः सचिव खिलध्वज पन्थी
यता नेपाली काँग्रेसका जिल्ला सचिब खिलध्वज पन्थीले सहमतिमै नेतृत्व चयन गर्ने दाबी गरेका छन् ।उनले अहिले सबैसंगै छलफल र संबाद जारी रहेकाले साँझ वा भोली बिहान सम्म सहमतिमै नेतृत्व चयन गर्ने गरी जिल्ला पार्टी लागेको दाबी गरे ।

SHARE