प्रेस संंगठन गुल्मीको अध्यक्षमा पाण्डे

0
687

गुल्मी, १२ असोज । प्रेस संंगठन नेपाल, जिल्ला कमिटी गुल्मीको अध्यक्षमा तिलाचन पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । संगठनको मंगलबार सम्पन्न तेस्रो जिल्ला सम्मेलनले पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
कमिटीको उपाध्यक्षमा प्रकाश चालिसे, सचिवमा हुमाकान्त पोखरेल, सह–सचिवमा महेश बोहोरा र प्रतिक्षा सुनार तथा कोषाध्यक्षमा खुमानन्द फुल्देल रहनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक विर बहादुर कार्कीले समाज रुपान्तरमा पत्रकारहरुले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । समाजमा भएका विकृति, विसंगती, भ्रष्ट्राचार एवम् अन्यायको विरुद्धमा प्रेस संगठन निकट पत्रकारहरुले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गरे ।
विशेष अतिथि, प्रेस संगठनका लुम्बिनी प्रदेश संयोजक एवम् मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले लुम्बिनी प्रदेश सरकारले सञ्चारकर्मीका पक्षमा ल्याएका कार्यक्रमको बारेमा जानकारी गराएका थिए । समग्र पत्रकारहरुको हित र रक्षाका लागि प्रेस संगठनले भूमिका खेलेको उनको भनाई छ । कार्यक्रमको अवसरमा संगठनका प्रदेश संयोजक विकलाई मुख्यमन्त्रीका प्रेस सल्लाहकार भएकोमा, केन्द्रिय सदस्य प्रेम सुनारलाई निरन्तर खोज पत्रकारितामा क्रियाशिल भएबापत र संगठनका प्रदेश सदस्य घनश्याम खरेललाई अनेरास्ववियू क्रान्तिकारी लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसी, निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ का इन्चार्ज अशोक थापा, वा।इ।सि।एल। का जिल्ला अध्यक्ष अशोक श्रेष्ठ, अनेमसंघ क्रान्तिकारका अध्यक्ष बिनिता रोका पोखरेल, विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संगठनका संयोजक तिलाचन पाण्डेको अध्यक्षता तथा राजन घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

SHARE