नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशबाट सवारी चालक अनुमति पत्र सेवा शुरु गरेको दाबी

0
102

असोज५,२०७८ रुपन्देहीः नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशबाट सवारी चालक अनुमतिपत्रबाट परीक्षणकालीन सवारी चालक अनुमति पत्र सेवा सुरु भएको छ ।
लुम्बिनी प्रदेशको श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालय, यातायात ब्यवस्था कार्यालयले परीक्षणकालीन सवारी चालक अनुमति पत्र सेवा शुरु गरेको हो । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सवारी पत्र प्रिन्ट गरि औपचारिक रुपमा सेवा सुरु गरेका हुन् ।
१० जना सेवाग्राहीलाई सवारी चालक प्रमाणपत्र हस्तान्तरण गरि सेवा सुरु गरिएको हो । सेवा सुरु भएसंगै आफुहरुलाइ खुसी लागेको सेवाग्राही देवनारायण चौधरीले बताए । नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशबाट यो सेवा शुरु गरेको दाबी गरिएको छ । धेरै सेवाग्राहीबाट समस्याको गुनासो आईरहेकोले परिक्षणका रुपमा सेवा शुरु गरिएको बताईएको छ ।

SHARE