
असोज५,२०७८ रुपन्देही : पहिरो क्षेत्रको अवलोकन गर्न गएकाबुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने स्थानीय गणेश पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा गएको पहिरोको अवलोकन गर्न प्राविधिकसहितको टोली लिएर मेयर सुवेदी सो क्षेत्रमा गएका थिए । घटनापछि बुटवल उपमहानगरपालिका र एमालेले उनलाई पक्राउ गरि छानविन गर्न माग गरेको थियो ।सोमबार साँझ प्रहरीले बुटवलबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए । उनी एमाले निकट अनेरास्ववियुका जिल्ला सदस्य हुन्






