भागी बिवाह गरेका दम्पतीले छोराको आशमा १२ छोरी जन्माए

0
109

सलिम मियाँ
असोज२,२०७८प्युठान :प्युठान नौवहिनी गाउँपालिका ७, बाँसकोटकी पुना सापकोटाले छोराको आशमा १२ छोरीलाई जन्म दिइन् ।

रोल्पाको सिर्फ गाउँ माइती भएकी पुना अहिले ५७ वर्ष र उनको श्रीमान् सुमन्त ५८ वर्षको भए। उनीरूको ४४ वर्ष अघि भागी विवाह भएको थियो ।

सापकोटाको जोडीलाई विवाहपछिको पहिलो सन्तान छोरा जन्मियोस् भन्ने चाहाना थियो तर अहिलेसम्म आइपुग्दा १२ वटा सबै सन्तान छोरी छन् । पुना सापकोटाले भनिन्, बिहेको दोस्रो वर्ष नवित्दै पहिलो बच्चाका रूपमा छोरी जन्मियो, त्यसपछि पनि सबै छोरी नै जन्मिए दोस्रो सन्तान छोरा जन्मिने आश घरमा ठूलो थियो तर दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि मनमा त्यति खुसी छाएन। गाउँघरका पनि छोरा नजन्माएको भन्दै कुरा सुनाउन थाले । उनले भनिन्, त्यसैले छोराको आशै आशमा १२ छोरी पाइरहें।

हिन्दु संस्कारमा छोरी हुँदा वंश कायम रहँदैन भन्ने डरले पनि छोराको आशमा आफूले १२ वटा सन्तान जन्माएको पुनाका श्रीमान् सुमन्त सापकोटाले बताए । उनका अनुसार १२ छोरीमध्ये आठवटा छोरीले विवाह गरिसके। चारवटी छोरी स्कुल पढ्दै छन्।

अहिले भने पुना र सुमन्त छोरी भएकोमा खुसी छन् पहिले छोरी भएकोमा हेला गर्नेलाई पनि सापकोटाका छोरीको पौरख देखेर जवाफ मिलेको छ ।

हरेक हिसाबले छोरीबाट छोरा सरह साथ पाइरहेको सापकोटाले बताए । दम्पतीले भने, छोरीहरू ईश्वरका वरदान सावित भएका छन्, धेरै खुसी छौं।

SHARE