ओलीले द्वन्द्व बढाएको झाँकीको आरोप

0
314
फाइल फोटो

असोज१,२०७८रूपन्देही :नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीले १२ बुँदे सम्र्झाताको कोसै करेक्सन भत्काएर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएकी छिन् ।
एकिकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले एमाले अध्यक्ष ओलीले १२ बुँदेको कास करेक्सन भत्काउने र बैदेशिक हस्तक्षेप भित्राएर मुलुकलाई तहसनहस पार्न खाजेको बताईन् ।

उनले एकिकृत समाजवादी एमाले विभाजन भएर निर्माण भएको नभई एमालेबाट बिद्रोह गरेर निर्माण भएको स्पष्ट पार्दै सलाईको काँटीको झिल्को जस्तै बनेर प्रतिगमनकारीको योजनालाई ध्वस्त बनाउन कार्यकर्ताहरुलाई आग्रह गरिन् । उनले सहकर्मी घनश्याम भुसाल सहितका पूर्व नेपाल पक्षका नेताहरुलाई लक्षित गर्दै अरूले बनाएको दरबारमा सयर गर्नेहरूले कठिन यात्रा तय गर्न नसकेको टिप्पणी गरिन् ।

SHARE