तपाईंहरु भनेर के गर्नु म मान्दिनँ : गोकर्ण बिष्ट

0
1669

भदौ ३०,२०७८गुल्मीः नेकपा एमालेका सचिव गोकर्णराज बिष्टले एमाले विभाजनले ठूलो असर नपरेको दाबी गरे ।
गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले विभाजनको असर खासै नभएको बताएका छन् ।
पहिले माधव नेपालको पक्षमा उभिएका उनले आफू सधै पार्टी एकताको पक्षमा रहेको बताउदै जति सुकै ठुलो प्रसास गरेपनि पार्टी विभाजन भने रोक्न नसकेको बताए ।
उनले माधब नेपाललाई पटक पटक सम्झाउँदा सम्झाउँदा रातमा सुत्न समेत नपाएको उल्लेख गरे । माधब नेपाललाई दिन रात सम्झाउँदा पनि अन्तिममा तपाइहरु भनेर के गर्नु म मान्दिन भनेर भन्ने गरेको उल्लेख गरे ।
पछिल्लो समयमा आफूहरु संग छलफल नै नगरी माधब नेपालले नयाँ पार्टी घोषण गरेको र दर्ता गरेको भन्दै त्यो जनताको हितमा नभएको बताए ।यस्तै विभाजनमा गएका नेता कमरेडहरुलाई एकतामा आउन पनि आग्रह गरे ।
गुल्मी जिल्लाको सन्र्दभमा एक जना नेता तथा जनप्रतिनिधिहरुले एकिकृत समाजबादी नरोज्नुले पनि गुल्मी जिल्ला एकताको पक्षमा रहेको पुष्टि भएको बताए ।
पार्टी विभाजन अघि फरक फरक धारमा रहेका प्रदीप ज्ञवाली र गोकर्ण बिष्टले गुल्मीमा एउटै मंचबाट सम्बोधन गरेका छन् ।

SHARE