गुल्मीमा बिधुत महशुल नबुझाउने २९ ग्राहकको लाइन काटियो

0
451

तिलाचन पाण्डे
भदौ २९ , २०७८ गुल्मी : नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मीले बिधुत महशुल नबुझाउने २९ जना ग्राहकको लाइन काटेको छ ।
बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मीका प्रमुख इश्वरकुमार श्रेष्ठका अनुसार बिधुत महशुल नबुझाउने रेसुंगा नगरपालिकाका २८ ग्राहक र इश्मा गाउँपालिकाका १ गरी २९ जना ग्राहकको लाइन काटिएको श्रेष्ठले बताए ।
२९ जना ग्राहकहरुबाट कुल ६ लाख ५६ हजार १६ रुपैयाँ ४२ पैसा बुझाउन पर्ने देखिएको नेपाल बिधुत प्राधिकरण बितरण केन्द्रको महशुल शाखाले जानकारी दिएको छ । उनीहरुले बिधुत महशुल बापतको रकम बुझाए पछि लाइन जोडिदिनका लागि निबेदन दिनुपर्ने र सोही अनुसारको प्रक्रियाबाट लाइन जोडिने कार्यलयले जनाएको छ ।

लाइन काटि सकेपछि २३ जना ग्राहकहरुले बुझाँउन पर्ने रकम ४ लाख ६ हजार ३५ रुपैयाँ २८ पैसा बुझाँइ लाइन जोडिदिनका लागि कार्यालयमा निवेदन दिएकाले लाइन जाडिदिएको प्राबिधिक पदम थापाले जानकारी दिए ।
बिद्युत महसुल नबुझाउने ग्राहकहरुको लाइन काट्ने क्रमलाई अभियानकै रुपमा चलाइने वितरण केन्द्र प्रमुख श्रेष्ठले बताए ।

SHARE