भदौ२९,२०७८ बाँके : बाँकेको भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
दाङकी ४० वर्षकी महिला र बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय बाँकेले जनाएको छ।
योसहित कोरोना संक्रमणको कारण बाँकेका ३३० संक्रमितको मृत्यु भएको कार्यलय प्रमुख तेज वलीले जानकारी दिए।