कम हुदै कोरोना, आज ९ सय ९४ जनामा कोरोना संक्रमण

0
533

भदौ २६
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ४० जनाको एन्टिजेन र पिसिआर परिक्षण गर्दा ९ सय ९४ जना संक्रमित भेटिएका हुन्।

यो संख्या यसअघिका पछिल्ला केही दिनको भन्दा कम हो। प्राय पछिल्लो समय कोरोना संक्रमितको संख्या दैनिक एक हजारभन्दा माथि नै आउने गरेको थियो।

हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ छ। हालसम्म ७ लाख ३८ हजार ३४ जना कोरोनामुक्त भएका छन्।

SHARE