गुल्मीका एसपी बचनका पक्का :जे बोले त्यो पुरा गरेरै छोडे

0
2499

तिलाचन पाण्डे
भदौ२५,२०७८गुल्मीः गुल्मी जिल्लाका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले आफू प्रहरी प्रमुख भएर जिल्ला आउँदा जे बोलेका थिए त्यो काम गरेर बचनका पक्का भएको सावित गरेका छन् ।
२०७७ फागुन २१ गते जिल्लामा प्रहरी प्रमुख भएर आउँदा उनले रेसुंगा नगरपालिका वडा नम्बर तीन भाडगाउँको हत्या काण्ड, छिनुवा हत्या काण्ड र पराल्मी भरुवा बन्दुक काण्डका अभियुक्तकलाई कसैको प्रलोभनमा नफसी सत्य तथ्य बाहिर ल्याउने बचन प्रकट गरेका थिए ।
यस्तै जिल्लामा रहेका क बर्गका इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकहरुको पदपुर्ति गराएरै छाड्ने दाबी गरेका थिए त्यो पनि ६ महिना नपुग्दै पुरा गरेका छन् । यस्तै जिल्लामा २ वटा पिकअप भ्यान र ५ वटा मोटरसाइकल प्रदेश सरकारको समन्वयमा ल्याउन सफल भए । कार्यालयमा प्रयाप्त सवारी साधन नहुँदा छिटो छरितो जनताको सेवामा खटिन समस्या भएको र हाल त्यो समस्या पनि समाधान भएको कार्यालयले जनाएको छ ।
उनले प्रकट गरेका बचन ६ महिनामै पुरा गरेकाले उनी बचनका पक्का भएको सावित गरेको हो ।

उत्कृष्ट काम गर्नेलाई पुरस्कार , कामचोरलाई सजाइँ
जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरीको मनोबल उच्च राख्न र काममा प्रोत्साहन गर्नका लागि ३७ जनालाई पुरस्कृत गरेको छ ।
आन्तरिक जनशक्तिको ब्यबस्थापनबाट काममा लगनशिल भई इमान्दारीताका साथ काम गर्ने ३७ जनालाई पुरस्कृत गरिएको गुल्मी जिल्लाका प्रहरी प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
आफू जिल्लामा प्रहरी प्रमुख भएर आएको अर्धबार्षिक समिक्षा कार्यक्रममा भट्टराईले सो जानकारी गराएका हुन् ।

पुरस्कृत हुनेमा कार्यालय सहयोगी देखि डिएसपी सम्मका रहेका छन् । बिशेष गरी अनुसन्धान कार्यमा मत्वपुर्ण भूमिका खेलेको भन्दै डिएसपी पुरुषोत्तम पाण्डे सहित प्रहरी निरीक्षकलाई (इन्सपेक्टर)पुरस्कृत गरिएको भट्टराईले जानकारी दिए ।
यस्तै प्रहरी आचारसंहिता पालना नगर्ने ५ जनालाई कार्यालयले कारवाही समेत गरेको छ । प्रहरीको आचारसंहिता विपरित कार्य गर्ने २ जना निलम्बन सहित ५ जनालाई कारवाही समेत गरिएको भट्टराइले जानकारी दिए ।
उनीरुलाई बिभागीय कारवाही सहित २ ग्रेड सम्मको बढुवा रोक्का गरिएको छ । २ जनालाई निलम्बन समेत गरिएको छ । कारवाही पर्नेमा सिपाही देखी असई सम्मका रहेका छन् ।

दरबन्दी अनुसारको जनशक्ति नहुनु समस्या
जिल्लामा दरबन्दी अनुसारको कर्मचारी नहुनु समस्याको रुपमा रहेको छ । जिल्लामा कुल ४५० जना प्रहरीको दरबन्दी रहेकोमा झण्डै आधा मात्रै जनशक्ति रहनु समस्या भएको भट्टराइले बताए ।
यस्तै जिल्लामा सबै प्रहरी इकाईहरुको आफनै भवन नहुनु, प्रहरी इकाईहरुमा सवारी साधन नहुनु , भौगोलिक विकटताका कारण तत्काल घटना स्थलहरुमा पुग्न नसक्नु र प्राकृतिक विपद पर्दा उद्धारका सामाग्रीहरु नहुनु समस्याको रुपमा रहेको एसपी भट्टराइले बताए ।

SHARE