मार्तल प्रयोग गरी दाजुको हत्या गरेको आरोपमा राजवंशी पक्राउ

0
359

भदौ२१,२०७८झापा :दाजुलाई मार्तल प्रहार गरी हत्या गरेको आरोपमा कचनकवल गाउँपालिका(३ का ३७ वर्षीय रतनलाल राजवंशी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार रतनलाललाई आइतबार राति मेचीनगर नगरपालिका(१५ ज्यामिरगढीमा आफन्तको घरबाट पक्राउ गरेको हो।

घरायसी विवादको क्रममा रतनलालले आफ्नै दाजु ५० वर्षीय भाद्रु राजवंशीलाई शनिवार राति कुटपिटपछि मार्तल प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। भाद्रु पेसाले अटो चालक थियो। उनी बिर्तामोड नगरपालिका(४ स्थित लिटल फ्लावर्स स्कुल छेउमा डेरा गरी बस्दै आएका थिए। उनको त्यही डेरामा हत्या भएको थियो।

SHARE