दाङका सबै निर्वाचन क्षेत्र एमालेले एक्लै जित्छ :शंकर पोखरेल

0
905

दिवाकर पोख्रेल
भदौ १८,२०७८ दाङः लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले अबका निर्वाचनमा नेकपा एमाले कसैसंग नमिल्ने बताएका छन् ।
नेकपा एमाले क्षेत्रिय प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि पोखरेलले विगतको निर्वाचनमा एमालेलाई मिल्नुपर्ने अवस्था रहेपनि अहिलेको अवस्थामा कसैसंग नमिलनेर दाङका सबै निर्वाचन क्षेत्रमा बाजी मार्ने बताए।
अहिलेको गठबन्धनमा रहेका माओवादी र माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी निर्वाचनमा जान डराएको छ, हामी निर्वाचनसंग डराउँदैनौ हामीलाई कसैको बैशाखी चाहिदैन दाङमा नमिलेरै सबै निर्वाचन जित्छौ, उनले भने ।
गठबन्धनमा रहेका कम्युनिष्ट नेताहरु प्रधानमन्त्रीले फेरी निर्वाचनमा तर्फ लग्छन की भन्ने त्रासमा रहेको आरोप लगाउँदै एमालेका प्रभावशाली नेता समेत रहनु भएका नेता पोख्रेलले एमालेको लोकप्रियताकै कारण अरु दल अत्तिएको बताए । नेक एमालेको नेतृत्वको सरकारले थुप्रै एतिहाँसिक कामहरु गरेको स्मरण गर्दै पोखरेलले केपी ओली नेतृत्व सरकारले गरेका कामहरु अवका दिनहरुमा कसैले गर्नै नसक्ने बताए ।
आफु मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशका राजधानी ल्याएको स्मरण गराउँदै उनले केन्द्रविन्दु भएकाले आएको भन्दै हल्का टिप्पणी गरेको प्रर्ति आक्रामक रुपमा प्रस्तुत भए । उनले भने, शेरवहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी तोक्दा किन बुटवल गरेको त ? के त्यती बेला मध्य विन्दु वुटवल थियो ? लुम्बिनी प्रदेशको हिउँदे अधिबेसन दाङमै गनेृ गरी आफ्नो नेतृत्वको सरकारले काम थालेपनि बर्तमान गठवन्धन सरकारले राजधानी कार्यान्यन गर्नुको सट्टा आएको मन्त्रालयको काम पनि बुटवल तर्फ सारेको बताए । प्रदेशकोृ सबैभन्द्या ठूलो दल नेकपा एमाले हो भन्दै उनले राजधानीको निर्णइ तलमाथि पार्ने काम किमार्थै स्विकार्य नहुने समेत बताए ।
पार्टी विभाजन प्रति धारणा राख्दै एमालेका नेता शंकर पोख्रेलले माधव कुमारसंग पछि लागेर जाने नेता कार्यकर्ताहरु धाकेका हारेका मात्रै रहेको बताए । पार्टी विभाजवनले कुनै अर्थ राख्दैन उहाँसंग सबै थाकेका,हारेका मात्रै गएका छन, उनले भने ।
कार्यक्रममा नेपक एमालेकी नेतृ तथा राष्ट्रिय सभा सदस्य कोमल ओली, प्रतिनिधिसभा सदस्य गंगा थारु, शान्ता चौधरी, सुजिता शाक्य लगायतले प्रशिक्षणात्मक मनतव्य राखेका थिए । सकार्यक्रममा अन्य पार्टी परीत्याग गरी एमालेमा प्रवेस गर्नेहरुलाई प्रमुख अतिथि शंकर पोख्रेलले स्वागत गरेका थिए ।

SHARE