पर्वतमा पहिरोलेपुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो

0
483
फाइल फोटो

भदौ १८,२०७८ पर्वत :पर्वत जिल्लाको विभिन्न स्थानमा पहिरोले पुरिएर ज्यान गुमाउनेको संख्या १० पुगेको छ, भने एक जना बृद्धा बेपत्ता भएकी छन् । शुक्रबार विहान गएको पहिरोमा परेर एउटै परिवारका ५ जनाले ज्यान गुमाएका छन् ।

जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले माधव शर्माको घर पुरिँदा ५ जनाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । माधव शर्माको ७५ वर्षीया आमा कौशिला पौडेल, ३५ वर्षीया श्रीमती भगवती, दुई छोरीहरु १६ वर्षीया बिमला र ११ वर्षीया विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको जानकारी गराइएको छ ।

त्यस्तै कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा दुई जनाको मृत्यु भएको छ । पौडेलको घरमा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको बताइएको छ ।

यता कुश्मा–११ पकुवा ताल्चेमा पनि पहिरोले घर पुरिँदा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको छ, भने मायाकुमारीकी सासू ७० वर्षीया डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी बताइएको छ ।

त्यस्तै, जिल्लाको मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया फूलमाया थापाको पनि मृत्यु भएको जानकारी गराइएको छ ।

SHARE