भदौ१७,२०७८ बाँकेः बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ।
सल्यानकी ६६ बर्षीया महिला र दाङकी ९५ बर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालय बाँकेले जनाएको छ। सल्यानकी महिलाको हिजो बेलुका र दाङकी महिलाको आज बिहान मृत्यु भएको कार्यालय प्रमुख तेज वलीले जानकारी दिए।