
भदौ१६,२०७८७
सिरहा : जिल्लाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा बुधबार बिहान दुई परिवारबीच विवाद हुँदा एक महिलाको मृत्यु भएको छ। सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
विवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।








