गृहमन्त्रीलाई छानबिन समितिले बुझायो तुइन घटनाको प्रतिवेदन

0
325

भदौ१५,२०७८काठमाडौ :दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ। समिति संयोजक रहेका सहसचिव जनार्दन गौतमले गृह मन्त्रालयमा एक महिना लगाएर तयार प्रतिवेदन बुझाए।

छानबिन प्रतिवेदनको विवरण भने सार्वजनिक गरिएको छैन। ०७८ साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट महाकालीमा खसेर बेपत्ता भएका थिए।

भारतीय भूमिमा घटना भएकाले नेपालले अनुसन्धान गर्न कानुनी जटिलता रहेको प्रतिवेदनमा उल्लेख रहेको बताइन्छ। गृह मन्त्रालय स्रोतले प्रतिवेदनको संक्षिप्त विवरण सार्वजनिक गरिने जानकारी दिएको छ।

तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बलले तुइन काटिदिएपछि’ बेपत्ता भएका थिए।

SHARE