मनसुनी वायुको प्रभाव कायमै

0
205
फाइल फोटो

भदौ१५,२०७८ काठमाडौं :मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव रहेकाले आज देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ।

मंगलबार बिहान देशभर सामान्य बदली रही प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशभर सामान्य बदली रही केही वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक(दुई भीषण वर्षाको सम्भावना रहेको छ।

SHARE