कोरोनाको खोप लगाएका ५८बर्षीय वृद्धको मृत्यु

0
444

भदौ१४,२०७८ः डोटीमा एकजना पुरूषको कोरोनाविरूद्धको दोस्रो मात्रा खोप लगाएको तीन घण्टामै मृत्यु भएको छ। शिखर नगरपालिका–२ घगडाका ५८ वर्षीय लाल बहादुर बोगटीको आज बिहान साढे ११ बजे मृत्यु भएको हो।

गाउँ नजिकै खोप केन्द्रमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएर घर गएको केही समयमै बोगटीको मृत्यु भएको शिखर नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख हरिष शाहले जानकारी दिए।

SHARE