नवलपरासीको बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री केशीद्धारा अनुगमन

0
750

भदौ १३ ,२०७८ नवलपरासी : पछिल्लो एक हप्ता देखी परेको वर्षा र बाढीका कारण ढुबानमा परेको पश्चिम नवलपरासीको विभिन्न स्थानमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलबहादुर केसीले अनुगमन गरेका छन्।
एक हप्ता देखी परेको अविरल वर्षका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासी सहित जिल्लाको दक्षिणी भागको हजारौ विगाहा जमिन ढुबानमा परेको छ भने सयौंको संख्यामा मानिसहरु विस्थापित भएका छन । पछिल्लो एक हप्ता देखी निरन्तर परेको वर्षा संगै गत बुधवार र बिहीवार परेको मुलाधारे पानीले गर्दा पश्चिम नवलपरासीका सात वटै स्थानीय तहहरु प्रभावित भए पछि मुख्य मन्त्रि कुल बहादुर केसीले आतवार जिल्लाको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले जानकारी दिए ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलबहादुर केसीले बाढी प्रभावित जिल्लाको सदरमुकाम परासी, पाल्हीनन्दन गाउँपालिकाको दक्षिणी क्षेत्रको शंकरपुर, महेशपुर, सरावलको भुजहवा, वर्दघाटे, सुनवलको जर्गाह पुल, परासीको झरही खोलामा बाँध फुटेको स्थान सौवाटिर लगाएतका स्थनहरुको आईतवार अनुगमन गरेको नेकपा माओवादीका प्रदेश सदस्य सुर्य न्यौपानेले बताए।

बाढि प्रभावित क्षेत्रको अनुगमन पछि मुख्यमन्त्री केसीले जिल्लका विभिन्न पार्टीका जिल्ला नेता एवं ब्यापारीहरुसंगको भेटघाटका क्रममा नवलपरासी जिल्लाको बाढी प्रभावित क्षेत्रका जनतालाई राहत महसुस हुने गरि प्रदेशको अन्य क्षेत्रको बजटमा कटौती गरेर भए पनि नवलपरासीको विपद ब्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताए नेता न्यौपानेले बताए ।
नवलपरासीबाट जितेर मन्त्री बनेका विना विभागिय मन्त्री अजय शाही पनि अनुगमनमा मुख्य मन्त्रिसंग थिए ।

SHARE