प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र नेपाल बीच भेटवार्ता

0
557

भदौ १३,२०७८
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। ​

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलका लागि प्रचण्ड एक घण्टाअघि नै बालुवाटार पुगेका थिए। छलफल मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेको बताइएको छ।

शनिबार पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा मन्त्रिपरिषद् विस्तारलाई छिट्टै पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

SHARE