भदौ१२,२०७८ बाके : बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ।
रगतको कमी भएपछि केही समयदेखि उपचाररत यादवको शुक्रबार राति नेपालगञ्ज नर्सिङ होममा निधन भएको गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जनाकारी दिए। रानाका अनुसार डाक्टरहरुको सल्लाहबमोजिम अध्यक्ष यादव एक दुई दिनमा थप उपचारका लागि भारत जाने तयारीमा थिए।
शुक्रबार साँझ अचानक बिरामी भएपछि नर्सिङ होममा लगिएको र राति १ बजे उपचारकै क्रममा निधन भएको रानाले बताए। अध्यक्ष यादवको शनिबार दिउँसो २ बजे दाहसंस्कार गरिनेछ। उनी गत स्थानीय तहको चुनावमा नेकपा (एमाले)बाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।