युवासंघका जिल्ला सदस्यको भीरबाट लडेर मृत्यु

0
213

भदौ११,२०७८बैतडी :भीरबाट लडेर गम्भीर घाइते भएको युवा संघ नेपाल बैतडीका सदस्य विजय भाटको उपचारको क्रममा मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारको क्रममा आज धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाडमोडबाट लडेर भाट घाइते भएका थिए।

जिल्ला अस्पतालमा उपचार नभएपछि आज बिहान उनलाई धनगढी रेफर गरिएको थियो। मृतक भाटका एक वर्षका छोरा र श्रीमती छन्।

SHARE