तीन दिन भीषण वर्षा हुने

0
207
फाइल फोटो

भदौ१०,२०७८काठमाडौं :राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वदेखि पश्चिम नेपालका पहाडी तथा तराई क्षेत्रमा तीन दिन भीषण वर्षा हुने सम्भावना रहेको जनाएको छ।

प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गरी आज ९बिहीबार० देखि शनिबारसम्म पानी पर्ने भन्दै ती क्षेत्रका र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

SHARE