प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए सपथ

0
235

भदौ१०,२०७८काठमाडौं : नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्रीको सपथग्रहण गरेका छन्। प्रदेश प्रमुखले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराएका हुन्।

नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेतामा आचार्य नियुक्त भएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

बिहीबार बिहानै बसेको संसदीय दलको बैठकले नेता आचार्यलाएइै दलको नेता चयन गरेको थियो। एमाले विभाजनको क्रममा माधव नेपालको साथ छाडेको नेता आचार्यले मुख्यमन्त्री उपहार पाएका छन्। एमाले विभाजनअघि नेता आचार्य नेता नेपाल निकटका थिए।

SHARE