कालीगण्डकी गाउँपालिकाले अति विपन्नका १४ घर निर्माण गरिदियो

0
1034

तिलाचन पाण्डे
भदौ १०,२०७८गुल्मीः जिल्लाको कालीगण्डकी गाउँपालिकाले गत आर्थिक बर्षमा अति बिपन्न १४ जनालाई घर बनाइदिएको छ ।
गाउँपालिका भित्रका अति बिपन्न १४ जनालाई मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम मार्फत घर बनाइदिएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ । घरको आर्थिक अबस्था कमजोर भएका र अति जीर्ण घरमा बस्दै आएका उनीहरुलाई मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम मार्फत दूई लाख रुपैयाँका दरले रकम उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।
गाउँपालिका भित्रका अति विपन्न
वडा नम्वर दुईबाट शान्ती न्यौपाने, मनरुपा न्यौपाने, नरबहादुर पुलामी , रोमबहादुर श्रीस र मोतीलाल न्यौपाने रहेका छन् । यस्तै वडा नम्वर तीनबाट भीमादेबी आले,वडा नम्वर चारबाट सपना थापा र हरीकला सलामी छन् भने वडा नम्वर पाँचकी भुमादेबी राना ,वडा नम्वर छ का गङगाबहादुर थापा, माया थापा र शेरबहादुर सार्की रहेका छन् ।यस्तै वडा नम्वर सातका दलबहादुर थापाको घर निर्माण भएको छ ।
पालिका भित्रका १४ जना बिपन्नहरुकोे घर निर्माण सम्पन्न भइसकेको मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमकी सहजकर्ता लक्ष्मी ढकालले जानकारी दिइन् ।
वडा नम्वर एकका खगीसरा दर्जी ,मनकली पाण्डे, टिकीसरा राना थापा र यमबहादुर राना को घर यस बर्ष गाउँपालिकाको स्रोतबाट निर्माण गरिदिने गाउँपालिकाले जनाएको छ ।
गाउँमा बिपन्न भएका परिवारलाई विभिन्न माध्यमहरुबाट माथी उकास्ने गरी गाउँपालिका लागेकाले उनीहरुको घर निर्माण गरिदिन लागेको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले बताए ।
गाउँपालिका भित्रका नागरिकहरुले दुःख कष्ट सहेर बसेको अबस्थामा उनीहरुको समस्या समाधान गर्ने स्थानीय सरकारको दायित्व भएकाले आँफूहरु लागि परेको उनको दाबी छ ।
स्थानीय सरकारले स्थानीय नागरिकहरुको आयआर्जनमा बृद्धि गर्नका लागि विभिन्न सीपमुलक तालिमहरु पनि सञ्चालन गर्दै आएको थापाले बताए ।

SHARE