सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २ को मृत्यु, ४१ जना घाइते

0
189

भदौ९,२०७८सुकुटे :सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–३ कालीकाको छाप भन्ने ठाउँमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या ४१ पुगेको छ। गाडीमा च्यापिएको अवस्थामा उद्धार गरिएका २ जना पुरुषको मृत्यु भएको हो।

मृत्यु हुनेमा ललितपुर ठूलोदुर्लुङका करिब ४५ वर्षीय राजन बराम र अन्दाजी २२ वर्षीय युवकको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

घाइतेमध्ये १८ जनाको सिन्धु सदावहार अस्पताल खाडीचौरमा, १ जनाको मध्यपुर अस्पताल भक्तपुरमा र २२ जनाको धुलीखेल अस्पताल काभ्रेपलाञ्चोकमा उपचार भइरहेको छ। सबै घाइते खतरामुक्त रहेको बस्नेतले बताए।

गाडीमा च्यापिएको अवस्थामा उद्धार गरिएका दुई जनाको मृत्यु उपचारका लागि धुलिखेल अस्पताल पुर्‍यापछि भएको हो।

लिसंखुपाखर गाँउपालिकाको बाफलबाट काठमाडौंका लागि छुटेको कोशीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस बुधबार बिहान करिब साढे ११ बजे दुर्घटना भएको हो। बस ढलान गरिएको सडकको घुम्तीबाट करिब ३० मिटर तल खसेको थियो।को जोखिममा, घर छाड्दै स्थानीय

SHARE