भदौ९,२०७८ बाँकेः बाँकेमा कोरोनाको कारण थप दुई संक्रमितको मृत्यु भएको छ। दाङको राप्ती गाउँपालिकाका ८४ वर्षीय पुरुष र बाँके राप्तीसोनारी गाउँपालिकाका ४३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालय बाँकेले जनाएको छ ।
दुवैको बाँकेस्थित भेरी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो। योसहित कोरोनाका कारण बाँके जिल्लाभित्रका ३ सय २८ र जिल्ला बाहिरबाट उपचारको लागि पुगेका ३ सय ९७ संक्रमितको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालयका कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिए।