दाङमा अबैध काठ तस्कर गर्ने तस्करी काठ सहित प्रहरीको नियन्त्रणमा

0
573
वन डिभीजन कार्यालयले नियन्त्रणमा लिएका काठ तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
भदौ ८ ,२०७८ दाङ : डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीले वन क्षेत्रमा हुने अवैध काठ ओसारपसार र चोरी तस्करी नियन्त्रण गर्न वनमा गस्ती बढाएपछि दैनिक जसो अबैध काठ नियन्त्रण हुन थालेको छ ।
देउखुरी क्षेत्रमा रहेका विभिन्न सामुदायिक वन जंगलमा हुनसक्ने चोरी तस्करीलाई मध्यनजर गरेर गस्ती टोली परिचालन गर्न थालेपछि । लुकीछिपी जंगलबाट काठ ओसार पसार गर्नेहरु सहित काठ नियन्त्रणमा आउन थालेको हो ।
गत बुधबार मात्रै अवैध रुपमा विभिन्न जातका काठ ओसारपसार गर्दागर्दै देउखुरीबाट सिमल जातको ५६.४२ क्युफिट गोलिया काठ प्रक्राउ ग¥यो । काटसंगै काठ ओसार पसारमा संलग्न घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नी निवासी ३६ वर्षिय खुसिराम चौधरी पनि प्रक्राउ परे । उनिहरुलाई कारवाहीको प्रक्रिया जारी छ ।
डिभिजन वन कार्यालय दाङ, देउखुरीले दिएको जानकारी अनुसार बिहीवार पश्चिमबाट पूर्वतर्फ जादै गरेको रा १ च ९४० नम्बरको सेतो पिकअपमा लोड गरिएको अवैध सालको एकसय ११ थान (४६.४४ क्युफिट) चिरान काठ सहित राप्ती गाउँपालिका वडा नम्बर २ बराखुटी निवासी ३१ वर्षिय (चालक) केशव विकलाई सिसहनियाँबाट नियन्त्रणमा लियो । पक्राउ परेको काठ वन कार्यालयको नियन्त्रणमा रहेको र थप अनुसन्धान गरि कार्वाहीको प्रक्रिया अगाडी बढाइएको छ ।
शनिबार जङ्गली जनावरको सुकुटी सहित देउखुरीबाट पक्राउ परेको दुईजनालाई हिरासतमा राखेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ ।
इलाका प्रहरी कार्यालय गढवाले राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी वर्ष ४६ का हेमराज गिरी र घोराही उपमहानगर पालिका वडा नम्बर ११ निवासी ३२ वर्षीय दामोदर योगीलाई शनिवार सुकुटी र केही थान अबैध कपडा नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीलाई बुझाएको थियो ।

वन डिभीजन कार्यालयले नियन्त्रणमा लिएका काठ तस्बिरः दिवाकर पोख्रेल

देउखुरीको एक सामुदायिक वनका पदाधिकारीले आफूखुशी रुख कटान गरि घाटगद्दी गरेका गरेको आरोपमा राजपुर गाउँपालिका वडा नम्बर ५ स्थित मैनेहवा सामुदायिक वनका अध्यक्ष अम्मरबहादुर बोहरा लगायतका पदाधिकारीले कानुन विपरित चार सय ८४ क्युफिट गोलिया बनाएर घाटगद्दी गरेको छ ।
सोमबार राति मोटर साइकलमै काठ ओसार पसार गरेको आरोपमा वन कार्यालयले काठ सहित तीनजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ झिगह बनकट्टी निवासी २८ वर्षिय सद्दाम मुसलमान, सोही ठाउँ निवासी १९ वर्षिय खालिक मुसलमान र राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका निवासी २८ अन्नु मुसलमान रहेका छन् ।

SHARE